उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत् जारी गर्ने कार्यको सुरुआत

news

काठमाडौं, भदौ २ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको सुरूआत गरेको छ ।

ललितपुर उद्योग वाणिज्य संघले भदौ १ गतेदेखि पूर्णरूपमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने पूर्वयोजनाअनुसार उक्त कार्यको सुरूआत गरेको महासंघले जनाएको हो ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई व्यवस्थित, प्रभावकारी, प्रविधियुक्त बनाउने र सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले अनलाइन प्रविधिबाट जारी गर्ने कार्यको सुरुआत गरिएको महासंघले जनाएको छ ।

महासंघले अब विस्तारै भक्तपुर, काठमाडौं र सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाटसमेत अनलाइनबाटै जारी गर्ने कार्य गर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...