भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो २०१९ को रोड सो चेम्बरमा

news

काठमाडौं, भदौ २ । भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो एन्ड समिट २०१९ मा सहभागी हुन नेपाली उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ ।

समिटको रोड सोकाक्रममा १७ ओटा रोड सो विभिन्न मुलुकमा गरी १८औं रोड सो नेपालमा गर्नेक्रममा भाइब्रेन्ट गोवा टोलीले सोमबार नेपाल चेम्बर अफ कमर्ससँग छलफल गर्दै उक्त आग्रह गरेको हो ।

भाइब्रेन्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकर्ले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोमा  नेपाली उद्यमी–व्यवसायीलाई भाग लिन आग्रह गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेन्ट गुजरातको अवधारणाबाट अभिप्रेरित भइ विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भइरहेको एक्स्पोमा चेम्बरको उत्साहजन सहभागित हुँदै आएको र व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकासका लागि लाभदायक हुँदै आएको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...