२०२० मा बिक्री भएका टप १० एसयूभी : क्रेटा, सेल्टोस र ब्रेजा शीर्ष ३ मा पर्न सफल • Image Khabar Image Khabar


२०२० मा बिक्री भएका टप १० एसयूभी : क्रेटा, सेल्टोस र ब्रेजा शीर्ष ३ मा पर्न सफल


Imagekhabar
२ माघ २०७७, शुक्रबार ०८:५७

२०२० मा बिक्री भएका टप १० एसयूभी : क्रेटा, सेल्टोस र ब्रेजा शीर्ष ३ मा पर्न सफल

काठमाडौं । २०२० मा भारतमा कम्प्याक्ट र मिड साइज एसयूभी सेगमेन्ट सबैभन्दा बढी चर्चामा रहे र बिक्रीका हिसाबले पनि सानदार रहे । भारतमा २०२० मा हुन्डाई क्रेटा सबैभन्दा बढी बिक्री हुने एसयूभी बनेको छ । कम्पनीले सो एसयूभीको दोस्रो जेनेरेशन मार्च २०२० मा लन्च गरेको थियो ।

२०२० मा हुन्डाई क्रेटा ९६ हजार ९३६ युनिट बिक्री भएको थियो । यसको बिक्रीमा २०१९ को भन्दा २.८ प्रतिशतले गिरावट आएको छ । सन् २०१९ मा क्रेटा ९९ हजार ७३६ युनिट बिक्री भएको थियो ।

भारतमा सबैभन्दा बढी बिक्री हुने दोस्रो एसयूभी किया सेल्टोस रहेको छ । सेल्टोस ११३.१ प्रतिशत वृद्धिको साथ ९६ हजार ९३२ युनिट बिक्री भएको थियो । कम्पनीले सो कार अगस्त २०१९ मा लन्च गरेको थियो । सेल्टोस २०१९ मा ४५ हजार ४९४ युनिट बिक्री भएको थियो ।

मारुती सुजुकी भिटारा ब्रेजा तेस्रो स्थानमा परेको छ । सो कार ८३ हजार ६६६ युनिट बिक्री गरेको थियो । यद्यपि ब्रेजाको बिक्रीमा ३४.२ प्रतिशत गिरावट आएको छ । २०१९ मा ब्रेजा १ लाख २७ हजार ९४ युनिट बिक्री भएको थियो ।

हुन्डाई भेन्यु १७ प्रतिशत वृद्धिको साथमा ८२ हजार ४२८ युनिट बिक्री गरी चौथौ स्थानमा परेको छ । सन् २०१९ मा सो कार ७० हजार ४४३ युनिट बिक्री भएको थियो ।

महिन्द्रा बोलेरो २०२० मा २०.४ प्रतिशत गिरावटको साथमा ५५ हजार ४३३ युनिट बिक्री हुन सफल भएको छ । सन् २०१९ मा सो कार ६९ हजार ६५६ युनिट बिक्री भएको थियो ।

टाटा नेक्सनको बिक्रीमा १ प्रतिशत गिरावट आएको छ । टाटा मोटर्सले सो एसयूभी २०१९ मा ४९ हजार ३१२ युनिट बिक्री गरेको थियो भने २०२० मा ४८ हजार ८४२ युनिट बिक्री भएको थियो ।

किया सोनेट बिक्रीमा सातौं स्थानमा पर्न सफल भएको छ । सो कार ३८ हजार ३६३ युनिट बिक्री गरेको थियो । महिन्द्रा एक्सयूभी३०० कार बिक्रीमा १९.९ प्रतिशत गिरावट आएको छ । सो कार २०२० मा ४० हजार १९७ युनिट बिक्री भएको थियो ।

२०२० मा महिन्द्रा स्कोर्पियोको बिक्रीमा ३३.१ प्रतिशत गिरावट आएको थियो । सो कार ३१ हजार २४० युनिट बिक्री भएको थियो । जबकि २०१९ मा ४६ हजार ७२५ युनिट बिक्री भएको थियो ।

सो वर्ष फोर्ड ईकोस्पोर्ट २७ हजार १८१ युनिट बिक्री भएको थियो । सो कारको बिक्रीमा ३२ प्रतिशत गिरावट आएको थियो जबकि २०१९ मा ३९ हजार ९८९ युनिट बिक्री भएको थियो ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्