रवि लामिछानेकी श्रीमतीको किटानी जाहेरी काठमाडौं प्रहरीले दर्ता गरेन

news

काठमाडौं, भदौ ४ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको किटानी जाहेरी काठमाडौं प्रहरीले दर्ता गरेन ।

बुधबार निकिताले भिडियो कीर्ते गरेको आरोपमा तीनजनाविरूद्ध जाहेरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

उनी ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल र ‘नेपाल आज’का सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन परिसर पुगेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले क्षेत्राधिकार नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न नमानेको निकिताका कानुनी सल्लाहकार राजेन्द्र सेढाइँले बताए ।

किटानी जाहेरी दर्ता नगर्ने महानगरीय प्रहरी परिसरविरुद्ध बुधबारै काठमाडौं सरकारी वकिल कार्यालयमा जाहेरी दिने अधिवक्ता सेढाइँले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...