समितिबाट औद्योगिक व्यवसाय विधेयक पारित

news
फाइल तस्वीर ।

काठमाडौं, भदौ ६ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ ।

समितिले हतियार उद्योग खोल्ने अनुमति दिने अधिकार मन्त्रिपरिषद्मा रहने गरी यो विधेयक पारित गरेको हो ।

उक्त विधेयकमा यसअघि हतियारसम्बन्धी उद्योग खोल्ने अधिकार औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डमा रहने व्यवस्था गरेको थियो ।

समितिको बैठकमा सांसदहरुले निजी क्षेत्रलाई पनि आणविक भट्टी र हतियार उद्योग खोल्न दिन खोजिएको भन्दै विरोध जनाएपछि यस्ता उद्योग खोल्ने अनुमति मन्त्रिपरिषद्लेमात्र दिनसक्ने व्यवस्था गरिएको हो ।

विधेयक अब प्रतिनिधिसभामा पेस हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...