कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

news

विराटनगर, साउन ६ । विपक्षी दल नेपाली कांग्रेसले आइतबार १ नम्बर प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

अनशनरत् डा. गोविन्द केसीका माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

पार्टीको केन्द्रीय निर्णयअनुसार नै संसद अवरुद्ध गरेको कांग्रेसका नेताको भनाइ थियो ।

नेकपाका नेताले संसद अवरुद्ध नगर्न आग्रह गरेपनि विपक्षीले नमानेपछि ४ दिनका लािग प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...