आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित गरिएको गुनासो

news

काठमाडौं । संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

महिला कानुन तथा विकास मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित नगर्न सरकारको ध्यानाकर्षण गरे ।

मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताए ।

उनले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र प्रविधिको अभावले गर्भवती महिलाहरुको मृत्यु दर बढी रहेको उल्लेख गरे ।

कार्यक्रममा आईपासका कार्यक्रम सल्लाहकार माधवी बज्राचार्यले सबै तहका सरकारले संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको निःशुल्क स्वास्य सेवाहरुलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...