आकस्मिक उद्धारका लागि एम्बुलेन्स सेवा शुभारम्भ

news

काठमाडौं, भदौ ८ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा चितवन र धादिङ जिल्लामा आकस्मिक सेवा तथा उद्धारका लागि शिक्षालयको हातामा रहेको ट्रमा सेन्टरमा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।

आज एक समारोहका बीच आवश्यक उपकरण सहितको एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको हो । विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधान, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमबीच एम्बुलेन्स सेवा संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

सोही अवसरमा उक्त शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले कुनै पनि दुर्घटना तथा विपद्को अवस्थामा पीडितको सुरक्षा, उद्धार र आपतकालिन उपचार कार्यलाई प्रभावकारी बनाई क्षति न्यूनिकरण गरी घाईतेको जीवन रक्षाका लागि यस सेवाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास ब्यक्त गरे ।

सोही अवसरमा नेपाल एम्बुलेन्स सर्भिसका महासचिव पूर्व प्रहरी नायव महानिरीक्षक शारदाभक्त रन्जितले आपतकालिन अवस्थामा हुने उद्धारमा यस प्रकारको सेवाले थप बल प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

यसैगरी ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले उपलब्ध एम्बुलेन्स सेवा घाईतेको जीवन रक्षाको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरिन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...