नगरकोटमा सेलो पप– तामाङ र गुरुङ जोडीको ‘रिमिक्स डान्स’

news

काठमाडौं । आइतबार नगरकोटमा भिन्न दृश्य देखियो । चारैतिर झम झम पानी परिरहँदा नगरकोटको डाँडामा घन्कदै थियो सेलो पप–‘सोल्मारी हैन देखेर मैच्याङ्ग...।’

शेखर च्यान लामाको स्वरमा रहेको सोल्मारीमा कम्मर मर्काउदै थिए गुरुङ चलचित्रका नायक आनन्द गुरुङ र हिस्सी लामा । शेखरको यो सेलो पपको छायांकन स्थलमा गीतसंगै रमाइलो बाताबरण बनेको थियो ।

गीतमा एक्सन कट र क्यामेरामा रोलिङ्ग गर्दै थिए निर्देशक तथा फोटो पत्रकार नबिनबाबु गुरुङ ।

भिडियोको निर्देशन समेत गरिरहेका नबिनले तामाङ्ग संस्कृति र संस्कारलाई एउटै गीतको कहानीमा उन्ने प्रयास गरेको जानकारी दिए ।

त्यसैले सेलो पपमा तामाङ समुदायबाट केटी र गुरुङ्ग केटालाई म्युजिक भिडियोमा उतारेको उनले बताए । गीतको तालमा कम्मर मर्काउन सिकाउँदै थिइन् नृत्य निर्देशक जस्मिन मगर ।

कलाकारहरुलाई कम्मर मर्काउन सिकाउदै गरेकी जस्मिनले भनिन, ‘गीतमार्फत गुरुङ र तामाङ संस्कृतिलाई एकै पटक देखाउने सौभाग्य मिलेको छ ।’

नायक आनन्द गुरुङले सुन्दर ठाउँमा सुन्दरकथाको पात्र बनेर अभिनय गर्न पाउँदा खुशी ब्यक्त गरे । उनले भने, ‘सक्दो मेहनत गरेर राम्रो प्रस्तुति दिने प्रयास गरेको छु ।’

म्युजिक भिडियोलाई छिट्टै नै सम्पादन कक्षमा पठाइने भन्दै यथाशिघ्र सार्वजानिक गर्ने लक्ष्य रहेको भिडियोका निर्देशक तथा छायाँकार नबिनबाबुले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...