अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट

news

काठमाडौं । सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड ब्यूटीफूल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखि २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन् ।

देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

साथै संस्थामा आबद्ध बालबालिकाहरूको उज्ज्वल भविष्यको लागी यस कार्यक्रमले निकै ठुलो योगदान पौर्याउने विश्वास आयोजना संस्थाले लिएको छ ।  

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...