सरकारी अस्पताल : भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टरको अभाव, बिरामीको भिड बढ्दो

news

सीता पाण्डेय

पाल्पा, भदौ ११ । पाल्पाको जिल्ला अस्पतलामा भौतिक पूर्वाधार र जनशक्ति नहँुदा सेवा प्रवाह प्रभावित बनेको छ । दैनिक हजार जनाको हाराहारीमा बिरामी आउने अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुँदा बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने बाध्यता भएको हो ।

स्वास्थ्य बिमा गरेकाहरु सरकारी स्वास्थ्य संस्थामा जानुपर्ने भएकाले बिरामीहरु यस अस्पतालमा बढी आउने गरेका छन् । तर अधिकांश बिरामीलाई उपचारका लागि अन्यत्रै पठाइने हुँदा यो अस्पताल बिरामी रिफर सेन्टरजस्तै बनेको हो ।

एक जना स्थायी र ४ जना अस्थायी डाक्टरको दरबन्दी रहेको अस्पतालमा दैनिक ८०० देखि एक हजार जना बिरामी उपचारका लागि आउने गर्दछन् । लुम्बिनी मेडिकल कलेज यूनाइटेड मिसन अस्पतालमा उपचार गर्ने गरी बिमा गरेका करिब ८० हजारदेखि ९० हजार बिमितहरु सुविधाविहीन स्वास्थ्य संस्थामा गाभिदा समस्या थपिएको हो ।

अस्पताल प्रशासन र स्थानीय सरकारको लापरबाहीका कारण ज्येष्ठ नागरिक, अपांगता भएका तथा अशक्तलाई झन् कठिन भइरहेको छ । स्वास्थ्य उपचारका लागि गरिएको स्वास्थ्य बीमा कार्यक्रमको उपचार तथा रिफर केन्द्र एकद्वार प्रणाली भएका कारण बिरामीहरुले झन्झट बेहोर्नु परेको सेवाग्राहीको गुनासो छ ।

सरकारले सरकारी स्वास्थ्य संस्थामा सेवा, सुविधा भौतिक पूर्वाधारको व्यवस्थापन विशेषज्ञ तथा बिना जिम्मेवारी सुम्पिँदा उपचारका सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । पाल्पा अस्पतालका प्रशासन प्रमुख चिरञ्जीवी घिमिरे भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टर नहुँदा अस्पताल रिफर सेन्टरमा रुपान्तरित भएको बताउँछन् ।

स्वास्थ्य बीमा र सरकारी स्वास्थ्य संस्थालाई अझ बढी प्रभावकारी बनाउँदै थप जिम्मेवारी बनाउन खोजिए पनि पूर्वतयारी नगर्दा झन् कमजोर हुँदै गएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...