‘एनसेल सर्ट फिल्म कम्पिटिसन’मा ‘बुवा’ उत्कृष्ट

news

काठमाडौं, भदौ १३ । एनसेलले आयोजना गरेको ‘एनसेल सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत् कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ ।

यो प्रतियोगिताको ‘थिम’ बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो ।

यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...