इमेज अवार्डको २१ औं संस्करण असोज ४ गते

news

काठमाडौं । इमेज च्यानलले हरेक वर्ष आयोजना गर्दै आएको इमेज अवार्डको २१ औं संस्करण यही असोज ४ गते शनिबार हुने भएको छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन स्वरुप ईमेज च्यानलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

विगतका वर्षहरुमा झैं यस वर्षपनि गीत, संगीत, रचना, म्युजिक भिडियो, र पब्लिक च्वाइस अवार्ड गरी २२ विधाका उत्कृष्ट पाँच पाँच मनोनयन आज एक समारोहकाबीच सार्वजनिक गरिनेछ ।

यस वर्षदेखि नेपाली चलचित्र क्षेत्रका पाँच विधालाई समावेश गरी ईमेज च्यानलले नयाँ आयाम थपेको छ । चलचित्र विधामा भने चलचित्र क्षेत्रका विज्ञ नै संलग्न रहनेछन् ।

सधैँ झै यसवर्ष पनि पब्लिक च्वाइस अवार्डलाई निरन्तरता दिइएको छ ।

जसमा एसएमएस र अनलाइन भोटिङको आधारमा अवार्ड प्रदान गरिनेछ । यस वर्षको मुख्य विधा ईमेज अचिभमेन्ट अवार्डको भने आज घोषणा गरिनेछ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...