प्रदेश–१ को पहिलो प्रादेशिक सडक निर्माणको शिलान्यास

news

विराटनगर, भदौ २३ । प्रदेश सरकारको लागानीमा प्रदेश नम्बर–१ को पहिलो प्रादेशिक सडक निर्माणको सोमबार शिलान्यास गरिएको छ ।

प्रदेशको स्थायी राजधानी जोड्ने विराटचोक–घिनाघाट २० किलोमिटरको चार लेनको सडक शिलान्यास गरिएको हो ।

कुल २२ किलोमिटर लामो सडकमध्ये दुवैतर्फको पहिलो चरणमा ठेक्का लागेको १०/१० किलोमिटर सडक निर्माणको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे ।

विराटनगर–घिनाघाट जोड्ने यो सडक आउँदो असोजबाट विस्तार गरी चार लेनको बनाइनेछ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विराटचोक–घिनाघाट जोड्ने सडक निर्माणले पूर्व–पश्चिम राजमार्गबाट प्रदेशको राजधानी जान सहज हुने बताए ।

उनले प्रदेश सरकारको लागानीमा पहिलो प्रादेशिक सडक निर्माणको काम अघि बढेसँगै अब प्रदेशको समृद्धिको ढोका खोल्ने विश्वाससमेत व्यक्त गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...