सिलवाललाई खेल पत्रकारिता सम्मान

news

काठमाडौं, भदौ २५ । नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेल पत्रकार राजु सिलवाललाई ‘एनएसजेएफ’ खेल पत्रकारिता सम्मान प्रदान गरेको छ ।

मञ्चको २४औं स्थापना दिवसका अवसर पारेर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सिलवाललाई सम्मान गरिएको हो ।

यसैगरी, मञ्चले युवा पत्रकार निशान राईलाई ‘सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतका खेल पदाधिकारीहरुले पुरस्कृत पत्रकारद्वयलाई सम्मानित गरेका थिए ।

मञ्चका पूर्वसदस्य स्व. सुमन भोम्जनको स्मृतिमा मञ्चले युवा खेल पत्रकारिता पुरस्कार आरम्भ गरेको हो ।

गोरखापत्र दैनिकमा आवद्ध भोम्जनको वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी निधन भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...