लोकसेवा आयोग विधेयक संसदमा पेस

news

काठमाडौं, भदौ २५ । दर्ता भएको ८ महिनापछि लोकसेवा आयोग विधेयक २०७५ संसदमा पेस भएको छ ।

लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएको हो ।

बुधबारको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गएको पुस २४ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । दर्ता भएको ८ महिनापछि छलफलका लागि विधेयक संसदमा पेस भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...