सरकार एकतन्त्रीय शासनतर्फ : शशांक

news

चितवन, भदौ २५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकार एकतन्त्रीय शासनतर्फ गइरहेको आरोप लगाएका छन् ।

बुधबार नवलपुरको गैंडाकोटमा आयोजित एक कार्यक्रममा उनले सरकार एकतन्त्रीय शासनतर्फ जानु मुलुकका लागि खतरनाक भएको बताए ।

कांग्रेस सत्तामा रहँदा देशमा सडक विस्तार भएको, मेडिकल कलेजहरु खुलेको, विश्वविद्यालयहरु स्थापना भएको तर अहिले सबै क्षेत्रमा निराशा छाएको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...