सामाजिक सुरक्षा कोषमा दर्ता हुने ५० हजार नाघे

news

काठमाडौं, भदौ २५ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या  ५० हजार नाघेको छ ।

सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको कोषले जनाएको हो । 

कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको जनाइएको छ ।

भदौ २५ गतेसम्ममा ४७९० रोजगारदाता सूचीकृत हुँदा ५० हजार १४० श्रमिक सूचीकृत भइसकेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...