किर्गीस्तानमा जारी महिला फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

news

काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान भिड्दैछन् ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेपाल पहिलो पटक कुनैपन अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ ।

समुह चरणमा उज्वेकिस्तानसँग २–० ले हारेको नेपाललाई आज सोही हारको बदला लिने अवसर समेत छ ।

तर महिला फुटबलको फिफा वरियतामा ४४ औ स्थानमा रहेको उज्वेकिस्तान विरुद्धको खेल १ सय १ औ स्थानमा रहेको नेपालका लागि कठिन हुनेछ ।

फिफा बरियता नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागी गराएर नादेझ्दा कप महिला फसटबल प्रतियोगिता आयोजना गरेको हो ।

राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालले समुह चरणमा आयोजक किर्गीस्तानलाई ८–२ ले तथा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

उज्वेकिस्ताननले भने समुहका तिनवटै खेल जितेको थियो ।

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि नेपाली महिला फुटबल टोली  किर्गीस्तान पुगेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...