पूर्वाधार सम्मेलन सम्पन्न

news

काठमाडौं, भदौ २६ । दुईदिने पूर्वाधार सम्मेलन बिहीबार राजधानीमा सकिएको छ ।

नेपाल सरकार र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा भएको पूर्वाधार सम्मेलनले आर्थिक समृद्धिका लागि पूर्वाधार पहिलो सर्त भएको ठहरसमेत गरेको छ ।

परिसंघका अध्यक्ष शतिशकुमार मोरले सम्मेलनले पूर्वाधारका लागि राज्यले कस्तो कानुनी व्यवस्था गर्नुपर्छ भन्ने प्रस्ट पारेको भन्दै सम्मेलनको निष्कर्ष सरकारलाई बुझाउने बताए ।

सम्मेलनको समापनका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारको ध्यान आर्थिक विकासमा नै रहेको भन्दै समृद्धिका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई एउटै साझा मञ्च बनाएर नीतिगत धारणा बनाउन पनि आग्रह गरे ।

निर्धक्क लगानी गर्न आग्रह

यसअघि, बिहीबारै आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल तीव्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताए ।

सही नेतृत्व दिन उपयुक्त नीति बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले निजी क्षेत्रलाई निर्धक्क लगानी गर्न आग्रह गरे ।

सम्मेलनकाक्रममा सातओटै प्रदेशका मुख्यमन्त्रीहरुले आ–आफ्नो प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका थिए ।

सम्मेलनमा स्वदेशी एवं विदेशी गरी ५०० बढीको सहभागिता रहेको परिसंघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...