हिमाली जिल्ला रसुवामा पनि डेंगी संक्रमण देखियो

news

रसुवा । हिमाली जिल्ला रसुवामा पनि डेंगी संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल रसुवामा हिजोदेखि डेंगीको परीक्षण सुरु गरिएकोमा एक जना बिरामीमा डेंगीको संक्रमण देखिएको हो ।

अस्पतालले र्‍यापिड डायग्नोष्टिक टेष्ट किट (द्रुत निदान परीक्षण संयन्त्र) ल्याएर हिजो सात जना बिरामीको परीक्षण गरेको हो ।

सात जनामध्ये एक जनामा डेंगी देखिएको अस्पतालले जनाएको छ । रसुवा जिल्ला अस्पतालमा परीक्षणका क्रममा डेंगी देखिएका बिरामी चितवनस्थित आफ्नो घर पुगेर आएका थिए ।

उनी सशस्त्र प्रहरीको जवान भएको अस्पतालले जनाएको छ । प्रकोप बढ्दै गएपछि रसुवामा पनि हिजोदेखि डेंगीको परीक्षण सुरु भएको हो ।

यस्तै कालिका गाउँपालिका–२, कालिकास्थानका ङङ्गप्रसाद आचार्यलाई पनि डेंगी भएको पुष्टि भएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...