
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २७ वटा मोटसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
सादा पोशाकमा खटिने ट्राफिक प्रहरी टोलीले दुई हप्तामै खोजेका २७ वटा मोटरसाइकल बिहीबार सवारी धनीलाई हस्तान्तरण गरेको हो ।
मोटरसाइकल हस्तान्तरणपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले पछिल्लो केही हप्तामा हराउने सवारी भन्दा फेला पर्ने सवारीको संख्या बढेको दाबी गर्नुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा हराएका २ सय ७९ वटा मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाइसकेको छ ।
चोरीमा संलग्न ४१ जनालाई कारबाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्