अस्पताललाई दुई सयवटा किट प्रदान, नगरभित्र सचेतना बढाइयो

news

बासुदेव बर्मा/ईमेज

कपिलवस्तु । देशभर डेगुंको संक्रमण फैलिरहेको बेला कपिलवस्तुको तौलिहवा  अस्पताललाई दुई सयवटा डेगुं किट प्रदान गरिएको छ ।

कपिलवस्तु नगरपालिका–१  ले सो किट उपलब्ध गराएको हो । नगरपािलकाका मेयर किरण सिंह, प्रशासकिय अधिकृत बिमलराज आचार्य र वडा नं. १ का वडाअध्यक्ष सुदीप पौडेलले आफ्नो नगरलाई सुरक्षित बनाउन दुई सयवटा किट अस्पतालका प्रशासन प्रमुख रत्नाकर शुक्लालाई हस्तान्तरण गरेका हुन् ।

वडा र नगरबासीको उपचारमा सहजता ल्याउन सो किट बितरण गरिएको वडा अध्यक्ष पौडेलले बताए ।  डेंगुको संक्रमण तथा रोकथाम र उपचारका लागि नगरक्षेत्र भित्र सचेचना अभियान संचालन गरिएको बताए ।

उनले बिद्यालय, बस्ती, शहरमा अभियान चलाईएको बताए । ‘सुचेतना अभियान र नगरभित्र लामखुट्टे मार्न बिषदी छर्ने काम समेत सुरु गरिएको छ’ उनले भने ।

डेंगुको सन्त्रास फैलिरहेको अवस्थामा नगरपालिकाले त्यसको नियन्त्रणका लागि नगरका १२ वटै वडामा बिषादी छर्ने काम गरिरहेको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...