राष्ट्रिय बाल दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना

news

काठमाडौं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक हितको कार्यान्वय सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

उनले नेपालको संविधानले प्रत्याभूत गरेका बालबालिकाको हक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेकोसमेत उल्लेख गरेका छन् ।

बालबालिकाहरु आफैं आफ्नो अधिकार प्रयोग गर्न नसक्ने र त्यस्सका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ्य र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरुको अधिकार रहेको प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...