नेप्से दोहोरो अंकले सच्चियो

news

काठमाडौं, भदौ ३१ । निरन्तर ओरालो लाग्दै आएको पुँजीबजार मंगलबार दोहोरो अंकले सच्चियो ।

सेयरबजार परिसूचक नेप्से करिब २७ अंकले बढेर ११ सय ५० विन्दुमा पुग्यो ।

यसदिन म्यूच्युल फन्डबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो । उत्पादनमूलक समूह सबैभन्दा उच्च १०७ अंकले बढ्यो ।

यस्तै, जीवनबिमा समूह करिब १०३ अंकले, निर्जीवन बिमा ८८ अंकले, होटल समूह ५७ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि २१ अंकको सुधार आयो ।

यसदिन १७१ कम्पनीका १३ लाख ७७ हजार कित्ता सेयर ३८ करोड ३९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...