चौधरीका हत्यारा अझै पक्राउ परेनन्, आफन्तकै संलग्नता हुनसक्ने आशंका (भिडियो)

news

-दिपक घिमिरे/ईमेज

भैरहवा । रुपन्देहीमा दिन दहाडै गोली प्रहारबाट हत्या गरिएका महेन्द्र चौधरीको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

भैरहवास्थित हिमालयन बैंकबाट पैसा निकालेर घर फर्कर्दै गर्दा लुटेरा समुहको गोली प्रहारबाट चौधरीको मृत्यु भएको थियो । हत्यारा पक्राउ नपर्दा स्थानीयमा त्रास बढेको छ ।

रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४२ वर्षिय महेन्द्र चौधरीलाई भदौ २९ गते आइतबार दिउँसो बीच सडकमा गोली प्रहार गरी हत्या गरिएको थियोे ।

भैरहवास्थित हिमालयन बैंकबाट पैसा निकालेर घर फर्कर्दै गर्दा लुटेरा समुहको गोली प्रहारबाट चौधरीको मृत्यु भएको थियो ।

भैरहवादेखि ५ किलोमिटर दुरी पूर्वमा पर्ने भैरहवा–भुमही–परासी सडकखण्डको बैकुण्ठपुरको गाउँको बीचमा लुटेरा समूहले उनलाई गोली हानेका थिए ।

चौधरीको हत्या पछि ओमसतिया गाँउपालिका ५ पठ्खौली अहिले शोकमा डुबेको छ ।

चौधरीको दिनदहाडै हत्या हुनु र हत्याराको अहिलेसम्म कुनै पत्तो नलाग्दा स्थानीयमा त्रास बढेको हो ।

यता चौधरीको हत्या हुनु केही दिन अघिदेखि उनको घरायसी विवाद समेत बढेको परिवारकै सदस्य बताउँछन् । घरायसी विवादबारे उनकी छोरी सोनम चौधरीको भनाइ भने यस्तो छ ।

चौधरीको हत्यापछि जिल्लाको शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सांसद सन्तोष कुमार पाण्डेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले दिनदहाडै गोली प्रहार गरी हत्या गर्ने अपराधिलाई तत्काल खोजी गरी कडा कानुनी कार्वाही गर्न माग गरे ।

यता, प्रहरीले अपराधिको खोजी तिव्र पारिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवता एवम् प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भैरहवामा राखिएका आठवटा सिसिटिभि क्यामराको फुटेज संकलन गरेर अनुसन्धान थालेको बताए ।

दुई वर्ष अगाडि उनका भाइ धमेन्द्र चौधरीको पनि दुर्घटनामै मृत्यु भएको थियो ।

उनको पनि हत्या नै गरिएको दावी परिवारले गर्दै आए पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।

प्रहरीले उक्त घटनालाई पनि जोडेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो घटनामा चौधरीलाई बुझेका नजिकका व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा प्रहरीले कार्वाही सुरु गरेको जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...