संसदको चालू अधिवेशन अन्त्य गरिँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

news

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन आज अन्त्य गरिँदै छ । बजेट अधिवेशन अन्त्यअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो । आज राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो साढे २ बजे प्रधानमन्त्रीले ओलीले संघीय संसदलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यसअघि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 

प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि केही विधेयकहरु प्रस्तुत गर्ने तयारी छ । त्यसैले, आज शून्य तथा विशेष समयको कार्यक्रम राखिएको छैन ।

बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयकहरु पारित भएका छन ।

तर, नागरिकता, मिडिया काउन्सिल, संघीय निजामती सेवालगायतका विधेयक भने संसदबाट पारित हुन बाँकी छन् ।

बजेट अधिवेशन अन्त्य हुने आजको दिन केही विधेयकहरु पारित हुने संसद सचिवालयका कर्मचारीहरुले बताए पनि ती कुन–कुन हुन् भन्ने खुलाइएको छैनन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...