विमान दुर्घटनामा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन बोइङ तयार

news

वासिंटन, असोज ७ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना दुई वटा शंकास्पद दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कम्पनीले हरेक परिवारलाई १ लाख ४४ हजार ५ सय डलर क्षतिपूर्ति दिने बताएको छ । गत जुलाई महिनामा बोइङले घोषणा गरेको ५ करोड अमेरिकी डलर बराबरको सहायता कोषबाट यो रकम प्रदान गरिनेछ ।

बोइङको ७३७ ‘म्याक्स’ सिरिजको दुईवटा विमान इथियोपिया र इन्डोनेसियामा दुर्घटना हुँदा ३४० भन्दा बढी यात्रु मारिएका थिए । दुर्घटनामा विमानकै खराबी दावी गर्दै मृतकका परिवार बोईङविरुद्ध अदालत पुगेपछि कम्पनी क्षतिपूर्ति दिन तयार भएको हो । तर कम्पनीले घोषणा गरेको क्षतिपूर्ति रकम असाध्यै कम भएको भन्दै मृतकका परिवारका तर्फबाट वकालत गरिरहेका एक जना अधिवक्ताले यो स्वीकार्न नसकिने जनाएका छन् ।

दुर्घटनाको कारण पत्ता नलागेसम्म आफुहरुले न्याय नपाउने पीडित परिवारको भनाइ छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...