सुर्ती उद्यमीको प्रभाव र हस्तक्षेपका कारण स्वास्थ्यमा गम्भीर असर

news

काठमाडौं । नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेको पाइएको छ ।

यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा विहीबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनलाई विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका देशीय प्रतिनिधिको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए ।

विभिन्न संघसंस्थाले ३३ ओटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको ८औं स्थानमा नेपाल रहेको छ ।

अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने, सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गर्ने गरेको पाइएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...