असनमा खड्ग जात्रा

news

काठमाडौं, असोज २२ । विश्वभरका बौद्धमार्गीले शस्त्रअस्त्र परित्याग दिवसअन्तर्गत्को ‘सम्राट अशोक विजयादशमी’ मनाइरहँदा बुधबार काठमाडौंको असनका तुलाधर समुदायले खड्ग जात्रा मनाएका छन् ।

कलिङ युद्धपछि हतियार छाडेर अशोकसँगै बौद्धमार्गी बनेको भनिएका तुलाधर समुदायले पुर्खाको वीरताबारे जानकारी दिन खड्ग जात्रा मनाएका हुन् ।

यो जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् । सबैभन्दा सानो बालकले जात्राको नेतृत्व गरेका हुन्छन् । यो वर्ष सात महिनाका बालक बोधी तुलाधरले जात्राको नेतृत्व गरेका छन् ।

असनको मूलघरबाट निकालिने खड्ग जात्रा अन्नपूर्ण देवी र गणेश मन्दिर परिक्रमा गरी त्यही घरको चोकमा आसुरी शक्तिको प्रतीक कुभिन्डो काटेर समापन गरिन्छ ।

असनका बासिन्दाले बडादसैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दसैं मनाउने चलन छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...