टर्कीले गर्‍यो सिरियामा आक्रमण

news

काठमाडौं, असोज २३ । टर्कीले सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ ।

टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टर्कीले सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको जनाएको छ ।

राष्ट्रपति रिसेप तैयप अर्दोआनले सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको बताएका छन् ।

टर्कीले थालेको उक्त हमलाको सर्वत्र विरोध भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।

अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ ।

अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ ।

यसअघि, टर्कीको फौजले सिरियाको तल अब्याद नगरमा गरेको स्थलगत आक्रमणमा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...