बैतडीमा पक्की पुल माग्दै थालिएको अनशन ३७औं दिनमा स्थगित

news

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज २७ । बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै स्थानीयले ३७ दिनदेखि जारी राखेकोे रिले अनशन स्थगित भएको छ ।

झुलाघाट नाकामा पक्की पुल निर्माणको एकसूत्रीय माग गर्दै गएको भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि अनशन थालिएको थियो ।

झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भन्दै रिले अनशन स्थगित गरेको जनाएको छ ।

३७ दिनसम्म रिले अनशन बस्दा पनि मागप्रति सरकारले कुनै चासो नदिएकाले अब आन्दोलनलाई थप सशक्त बनाउन हाललाई स्थगित गरिएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए ।

अनशन बसेको ३७ दिनसम्म पनि सरकारले कुनै प्रतिक्रिया नजनाउनु दुर्भाग्यपूर्ण भएको स्थानीयको प्रतिक्रिया छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...