गैरआवासीय नेपाली विश्व सम्मेलन मंगलबारदेखि

news

काठमाडौं, असोज २७ । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन मंगलबारदेखि बिहीबारसम्म काठमाडौंमा गरिँदैछ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमाझैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी–व्यवसायी, ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, अरु स्वदेशी–विदेशी गरी करिब दुई हजार ५०० को सहभागिता रहने जनाइएको छ ।

यस वर्ष संघको नयाँ नेतृत्वसमेत चयन हुँदैछ ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको सन्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन संस्थागत संरचनाले सहयोग गरिरहेको जनाइएको छ ।

सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद्हरू गठन भएर  अभियानमा सक्रिय रहेको संघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...