बागलुङमा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु • Image Khabar Image Khabar


बागलुङमा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु


Imagekhabar
२८ बैशाख २०७८, मंगलवार २१:१५

बागलुङमा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ, बैशाख २८ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पोखराबाट बिरामी लिएर आएको ध १ ज ५२८ ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर ५ प्याङखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सी चाल ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय जोकबहादुर विक मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

मृकत विककी विककी श्रीमती ३८ वर्षीय रतिकला विक ३८ वर्ष घाइते भएको वन्तको भनाई छ ।

चालक थापा गम्भीर भएको हुँदा उनलाई पाल्पा रेफर गरिएको र लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि रहेको प्रहरीको भनाई छ ।

ट्याक्सी सडकदेखि एक सय मिटर तल भूजीखोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्