काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन • Image Khabar Image Khabar


काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन


Imagekhabar
२९ बैशाख २०७८, बुधबार ०५:४३

काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ ।

केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष हुनुभएको थियो । २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिसमेत हुनुभएको थियो ।

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जित्नुभएका उहाँ २०६३/६४ को अन्तरिम व्यवस्थापिका सांसद बन्नुभएको थियो । त्यस्तै उहाँ २०७०/७४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्