चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारणः एमबिबिएस पढ्न ४४ लाख चाहिने • Image Khabar Image Khabar


चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारणः एमबिबिएस पढ्न ४४ लाख चाहिने


Imagekhabar
२९ बैशाख २०७८, बुधबार १४:३२

चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारणः एमबिबिएस पढ्न ४४ लाख चाहिने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सासम्बन्धि विभिन्न कार्यक्रमको शुल्क तोक्दै सार्वजनिक गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गरी आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि १७ वटा कार्यक्रमका लागि संशोधित शुल्क तोकेको हो ।

आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलका अनुसार आयोगले गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत नै राखी अरु कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

आयोगको बैशाख ९ गतेको निर्णयानुसार अब एमबीबीएस पढ्नका लागि काठमाडौं उपत्यका भित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार लाग्नेछ ।

चिकित्सासम्बन्धि शैक्षिक कार्यक्रम संचालन गरिरहेका मेडिकल कलेजहरुले आयोगले तोकेभन्दा बढी शुल्क लिन पाउने छैनन् ।

चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारणः एमबिबिएस पढ्न ४४ लाख चाहिने
प्रतिक्रिया दिनुहोस्