डीभी भर्नेबारे यसो भन्छन् अमेरिकी दूतावासका कन्सुलर प्रमुख म्युसी

news

काठमाडौं, कात्तिक ७ । नेपालस्थित अमेरिकी राजदूतावासका कन्सुलर प्रमुख माइकल ई. म्युसीले अमेरिका जानका लागि भरिने डाइभर्सिटी भिसा (डीभी) व्यक्ति आफैंले भर्न आग्रह गरेका छन् ।

उनले डीभी भरेपछि लिनुपर्ने नम्बर निकै महत्वपूर्ण हुने भन्दै व्यक्ति स्वयंले भर्दा त्यो सुरक्षित रहने बताए ।

डीभी परेपछि त्यही नम्बरकै आधारमा अन्तर्वार्ता हुने उनले जानकारी दिए ।

इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ को कार्यक्रम ‘आजको सन्दर्भ’मा बोल्दै प्रमुख म्युसीले योपटक डीभी भर्दा अनिवार्यरुपले ‘पासपोर्ट’को नम्बर पनि राख्नुपर्ने बताए ।

गएको असोज १५ देखि सुरु भएको योपटकको डीभी भर्ने समय यही कात्तिक १९ गतेसम्म रहेको छ ।

डीभी भर्ने तरिका, डीभी परेपछि पूरा गर्नुपर्ने प्रक्रिया, अमेरिका जाँदा अपनाउनुपर्ने सावधानीलगायतका विविध विषय उनले कार्यक्रम सन्चालक सोमराज पोखरेलसित नेपाली भाषामा स्पस्टसित खोलेका छन् ।

अन्तर्वार्ता सुन्नोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...