अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय • Image Khabar Image Khabar


अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय


Imagekhabar
२ जेष्ठ २०७८, आईतवार १८:३६

अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २ । सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ ।

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने भन्दै भन्नुभयो, ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेको सूचना अएको छ । सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

केही दिन यता सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा तोकेपछि अस्पतालहरुले बिरामीका आफन्तलाई नै अक्सिजन खोजेर ल्याउन भन्न थालेका छन् । जसका कारण अक्सिजनको खोजीमा बिरामीका आफन्तहरु विभिन्न अक्सिजन प्लान्टमा धाउने गरेका छन् ।

अक्सिजन प्लान्टमा पुग्दा पनि उनीहरुले नदिँदा सर्वसाधारण सास्ती ब्यहोर्दै आएका छन् भने समयमा अक्सिजन नपाउँदा थुप्रैं बिरामीको निधन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्