विवाहको ५ दिनमा बेहुलाको निधन • Image Khabar Image Khabar


विवाहको ५ दिनमा बेहुलाको निधन


Imagekhabar
३ जेष्ठ २०७८, सोमबार १७:०७

विवाहको ५ दिनमा बेहुलाको निधन

एजेन्सी । भारतको ओडिसाको केन्द्रपाडा जिल्लामा ५ दिन अगाडी विवाह भएका एक युवकको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । २६ वर्षीय बेहुलाको विवाह भएको ५ दिनमा मृत्यु भएको हो ।

बेहुलाको कोभिडबाट मृत्युपछि विवाहमा संलग्नले कोभिड परीक्षण गरिरहेका छन् । राजकनिका थाना क्षेत्रको दुर्गादेवीपाडा गाउँमा बस्ने सन्जय कुमार नायकको १० मे मा विवाह भएको थियो ।

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

नेपालमा पनि विवाह गरेको ८ दिन र १० दिनमा दुई बेहुलीको केही दिन अघि कोभिडबाटै मृत्यु भएको थियो । यस्तै विवाह भोजमा सहभागी भएका एकै परिवारका चार जनासहित बागलुङमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्