कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय • Image Khabar Image Khabar


कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय


Imagekhabar
११ जेष्ठ २०७८, मंगलवार १२:०८

कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय

एजेन्सी । भारतको टाटा स्टीलले आफ्ना कोभिड–१९ बाट मृत्यु भएका कर्मचारीका परिवारलाई मासिक तलब उपलब्ध गराउने भएको छ ।

कम्पनीले मृतक कर्मचारीको उमेर ६० वर्ष नहुन्जेल आश्रित परिवारलाई मासिक तलब, घर र स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने निर्णय गरेको बीबीसीले जनाएको छ । मृतक कर्मचारीका बालबच्चाको स्नातक तहसम्म पढ्न लाग्ने सम्पूर्ण खर्च पनि कम्पनीले नै बेहोर्ने भएको समाचारमा उल्लेख छ ।

टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।

यसअघि भारतमा ओयो रुम्सले कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई सहयोगको घोषणा गरेको थियो । यस्तै, ग्लास कम्पनी बारोसिलले पनि कोभिडबाट मृत्यु भएका परिवारलाई आगामी दुई वर्षसम्म तलब उपलब्ध गराउने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्