राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन • Image Khabar Image Khabar


राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


Imagekhabar
११ जेष्ठ २०७८, मंगलवार १७:४२

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् ।

नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गर्नुभएको थियो ।

बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो।’ लेखिएको प्ले कार्ड र पुत्लासहित सडकमा प्रदर्शन पछि विद्या खड्ग प्रबृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक अन्त्यष्टी गरिएको कार्यक्रमका सम्योजक नेबिसंघ शंकर देव क्याम्पसका नेता दिपक ओझाले बताउनुभयो ।

बिरोधमा सहभागीले कालो लुगा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्