सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित) • Image Khabar Image Khabar


सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)


Imagekhabar
१६ जेष्ठ २०७८, आईतवार १२:१८

bipaxiharu rastrapati officema

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन् ।

सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गर्दै उनीहरुले भनेका छन्, ‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन सबैमा अपील गर्दै नेताहरुले भनेका छन्, ‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।’

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह पनि गरेका छन् ।

हेर्नुहोस्, विज्ञप्तिः

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)
प्रतिक्रिया दिनुहोस्