ताप्लेजुङमा जंगली जनावरको आक्रमणबाट १५० कालिज मृत भेटिए • Image Khabar Image Khabar


ताप्लेजुङमा जंगली जनावरको आक्रमणबाट १५० कालिज मृत भेटिए


Imagekhabar
१६ जेष्ठ २०७८, आईतवार १५:४२

ताप्लेजुङमा जंगली जनावरको आक्रमणबाट १५० कालिज मृत भेटिए

ताप्लेजुङ, जेठ १६ । फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालिज फर्ममा रहेका डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् ।

वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० भन्दा बढी कालिज गए राती जंगली जनावरको आक्रमणले मरेका हुन् ।

स्थानीय तीन जना युवाले साझेदारीमा फर्म सञ्चालन गरेका थिए ।

राती आक्रमण भएकाले ठुलो संख्यामा क्षति भएको फर्म सञ्चालक नबिन भट्टराईले बताउनुभयो ।

हुर्केर बिक्री गर्ने समयमा पुगेका एक सय ५० बढी कालिज मर्दा झण्डै ४ लाख बढीको क्षति भएको सञ्चालकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्