भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु • Image Khabar Image Khabar


भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १२:३८

भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु

काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ ।

हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईले इन्डियन मेडिकल एसोसिएशनलाई उधृत गरेर जनाएअनुसार दोस्रो लहरको क्रममा हालसम्म ५९४ जना चिकित्सकको मृत्यु भएको हो ।

राजधानी दिल्लीमा मात्र यो लहरमा १०७ जना चिकित्सकको मृत्यु हुँदा उत्तर प्रदेशमा ६७ जना चिकित्सकको ज्यान गएको हो ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणको संख्या कम हुँदै गए पनि उच्च जोखिम बाँकी नै रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्