झापामा संक्रमण रोक्न प्रहरी सक्रिय, भारतबाट अनावश्यक नेपाल आउनेलाई सीमामै रोक (भिडियोसहित) • Image Khabar Image Khabar


झापामा संक्रमण रोक्न प्रहरी सक्रिय, भारतबाट अनावश्यक नेपाल आउनेलाई सीमामै रोक (भिडियोसहित)


सुरेन्द्र भण्डारी
२० जेष्ठ २०७८, बिहीबार ११:०४

झापामा संक्रमण रोक्न प्रहरी सक्रिय, भारतबाट अनावश्यक नेपाल आउनेलाई सीमामै रोक (भिडियोसहित)

सुरेन्द्र भण्डारी
झापा । सीमाको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले पछिल्लो समय कोरोना भाईरस कोभिड १९ को बढ्दो संक्रमण रोक्न गरेको प्रयास झापामा प्रभावकारी देखिएको छ ।

पश्चिम वंगाल र विहार राज्यसंग १४४ दशमलव २ किलोमिटर खुल्ला सीमा रहेको झापाको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले भारतबाट अनावश्यक रुपमा नेपाल प्रवेश गर्नेलाई सीमा क्षेत्रमै रोकेपछि संक्रमण फैलने जोखिम कम देखिएको हो ।

गत वर्ष प्रदेश नम्वर १ मा सबै भन्दा वढी कोभिडका विरामी झापामा भेटिए । त्यसमा पनि कचनकलव गाउँपालिकामा कोभिडका विरामी धेरै थिए ।
जसका कारण यो वर्ष पनि कोभिडको त्रास सहरमा मात्र होइन गाउँगाउँमा पनि छ ।

अझ सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकलाई त झन् कोभिडको त्रासले रातदिन पिरोल्छ ।

तर, सशस्त्र प्रहरी वलले सिमा क्षेत्रमा कोभिड नियन्त्रणका लागि भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउँदै नेपाली नागरिकलाई समेत अनिवार्य मास्क र सेनिटाईरको प्रयोग गर्न लगाएसंगै सिमावर्ती क्षेत्रमा यो वर्ष कोभिडका विरामी कम भेटिएका छन् भने स्थानीय वासीसमेत सशस्त्र प्रहरीले कोभिड नियन्त्रणका लागि खेलेको भूमिका प्रति सन्तुष्ट छन् ।

झापामा कोभिडका विरामी हुँदै नभएका भने होइनन् । सोमवारसम्ममा झापामा चार हजार ५० जना सक्रिय कोभिड संक्रमित भेटिएका छन् ।

त्यसमा नयाँ भेरियन्टको कोभिडकै कारण १ सय ११ जनाले ज्यान गुमाएका छन् । तथापि कोभिडका कारण ज्यान गुमाउने मध्ये अधिकांश सहरी क्षेत्रका धेरै छन् ।

गत वर्ष सीमा क्षेत्रमा संक्रमण धेरै देखिएपछि यो वर्ष झापाको सबै सीमामा उच्च सर्तकता अपनाइएको छ ।

जहाँ सशस्त्र प्रहरी वल सीमाको सुरक्षासंगै कोभिड नियन्त्रणका थप ४० वटा वीओपी निर्माण गर्दै तयारी अवस्थामा रहेको छ ।

जिल्लामा कोभिड नियन्त्रणका लागि सशस्त्र प्रहरी वल मात्र होइन नेपाल प्रहरीको भूमिका पनि उत्तिकै छ ।

निशेषाज्ञा पूर्ण रुपमा कार्यान्वयन गराउन र अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीले अहोरात्र काम गरिरहेको जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले बताउनुभयो ।

सिमित श्रोत, साधनको वावाजुत पनि सशस्त्र प्रहरीले सिमाको निगरानीसंगै कोभिड नियन्त्रणका लागि खेलेको भूमिका झापाबासीका लागि साच्चै सह्रानीय छ ।

प्रतिक्रिया दिनुहोस्