निषेधाज्ञा जारी भएसँगै ११ हजार नेपाली स्वदेश फर्किए, १० हजार विदेशीले नेपाल छाडे • Image Khabar Image Khabar


निषेधाज्ञा जारी भएसँगै ११ हजार नेपाली स्वदेश फर्किए, १० हजार विदेशीले नेपाल छाडे


Imagekhabar
२१ जेष्ठ २०७८, शुक्रबार ०८:३८

निषेधाज्ञा जारी भएसँगै ११ हजार नेपाली स्वदेश फर्किए, १० हजार विदेशीले नेपाल छाडे

काठमाडौं । दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञा सुरु भएपछि करिब ११ हजार नेपाली स्वदेश फर्किएका छन् ।

गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएसँगै एक महिनाको अवधिमा १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस अवधिमा १४ सय ६८ जना विदेशी नागरिक नेपाल भ्रमणमा आएका छन् ।

विदेशी र नेपाली नागरिक गरी कुल १२ हजार ४ सय मानिस नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार यो तथ्यांक सन् २०२१ को मे महिनाको हो । मे महिनाको सुरुवातदेखि नै नेपालमा निषेधाज्ञा जारी भएको हो ।

विभागका अनुसार यो महिनामा ९ हजार ९ सय ७७ जना विदेशी नेपालबाट बाहिरिएका छन् ।

नेपालमा भ्रमण र पर्वतारोहणमा आएका विदेशीहरु स्वदेश फर्किन थालेका छन् ।

मे महिनामा नेपालमा रहेका १३ हजार १ सय ५८ जना नेपाली समेत विदेश गएका छन् ।

भारतसँगको नियमित उडान नरोकिएका कारण अन्य देशसँगको हवाइ यात्रा बन्द भएपनि यात्रु ठूलो संख्यामा देखिएको हो ।

यसबीचमा अन्य मुलुकमा भने चार्टर्ड उडान मात्र भएका छन् ।

विभागका अनुसार एक महिनामा ५ सय ८० भारतीय नागरिक नेपाल आएकामा नेपालबाट भने ४ हजार ७ सय ७७ जना भारतीय नागरिक हवाईमार्गबाट स्वदेश फर्किएका छन् ।

नेपालबाट बाहिरिनेमा अमेरिकाका एक हजार ७ सय १७, रसियाका ५ सय ३० र बेलायतका ३ सय ९२ यात्रु छन् ।

प्रतिक्रिया दिनुहोस्