कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन • Image Khabar Image Khabar


कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन


Imagekhabar
२१ जेष्ठ २०७८, शुक्रबार १७:०६

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन

काठमाडौं, जेठ २१ । सरकारले कोरोना महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने आंकलन गर्दै त्यसको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तिमा उक्त लहरको असर सबैभन्दा बढी बालबालिकामा पर्नसक्ने जोखिम औल्याइएको छ ।

बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै मन्त्रालयले सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत शैया तयारी अवस्थामा राख्न भनेको छ ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शैया राख्न महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले आग्रह गर्नुभएको हो ।

मन्त्रालयले अस्पतालहरूलाई अक्सिजनको व्यवस्थापन गर्न पनि भनेको छ ।

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन
प्रतिक्रिया दिनुहोस्