भारतले स्वीकार्‍यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा

news

काठमाडौं । भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ ।

उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । 

त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुनःस्थापित गरेको छ

यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ । यो नक्सा नेपालका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर्वउपमहानिर्देशक सुरशमान श्रेष्ठ बताउँछन् ।

भारतले नेपालका कालापानी, लिपुलेक भने आफ्नो नक्सामा राख्न छाडेको छैन । उसले ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको हो ।

भारतले पाकिस्तानी प्रशासित  जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो ।

भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ । पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ ।

उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ । यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन ।  अन्नपूर्ण पोष्ट दैनिकबाट

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...