बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि दवाव नदिन आग्रह • Image Khabar Image Khabar


बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि दवाव नदिन आग्रह


Imagekhabar
२३ जेष्ठ २०७८, आईतवार १५:१०

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि दवाव नदिन आग्रह

काठमाडौं, जेठ २३ । सोलिडारिटी फर केसी अलायन्सले चिकित्सा शिक्षा ऐनको विपरित झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगलाई दवाव नदिन सरकारलाई आग्रह गरेको छ ।

अलायन्सले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ऐनको विपरित गएर कुनै पनि अवैध कामका लागि आयोगका पदाधिकारीलाई दवाव नदिन सरकारलाई ध्यानाकर्षण गराएको हो ।

प्रस्तावित निजी मेडिकल कलेज बीएण्डसीलाई अवैधरुपमा सम्बन्धन दिन प्रधानमन्त्रीबाटै दवाव आएको आयोगका पदाधिकारीहरुले नै जनाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दवाव दिने प्रकृया चलिरहे सरकारका यस्ता अवैध कामहरुको भण्डाफोर गर्दै कडा आन्दोलनका कार्यक्रमहरु ल्याउनेसमेत अलान्सले चेतावनी दिएको छ ।

प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनेसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचारधीन रहेको अवस्थामा तथा चिकित्सा शिक्षा ऐन जारी हुनु अगावै मनसायपत्र रद्ध भइसकेको अवस्थामा अहिले अघि बढाइनु कुनै पनि सम्बन्धनको प्रक्रिया न्यायसम्मत नहुने ठहर रहेको जनाइएको छ ।

बीएण्डसीले अस्पताल सञ्चालन गरिए पनि मेडिकल कलेजका लागि मापदण्ड नपुगेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्