एक सय शैयाको अस्पतालमा एकजना डाक्टर !

news

कञ्चनपुर । दरबन्दी अनुसारका डाक्टर नभएपछि कञ्चनपुरको महाकाली अस्पताल सुनसान बनेको छ ।

 सरकारले दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकेपछि महाकाली अस्पताल सुनसान बनेको हो । 

अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ मात्रै कार्यरत छन्  । 

मेडिकल सुपरिटेण्डेनका रुपमा रहेका डाक्टर श्रेष्ठको २ वर्ष पूरा भइसकेको छ भने समायोजनमा परेका डाक्टरसमेत हालसम्म अस्पतालमा आएका छैनन् । 

यता दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या हुनुका साथै अस्पताल सञ्चालनमै समस्या भएको महाकाली अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले दरबन्दीका डाक्टर पठाउन नसकेपछि डा. धिरज जोशी र डा. मोहमद अहमद खानलाई अस्पताल विकास समितिका तर्फबाट राखिएको छ ।

एक सय शैया सञ्चालनमा रहेको यस अस्पताल भौतिक संरचना अनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । तर अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर भएकाले बिरामीको संख्या ह्वात्तै घटेको छ । 

बिरामीहरुले चर्को मूल्य तिरेर निजी क्लिनीक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा उपचार गराउनु पर्ने बाध्यता छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...